गोभा ५ इलेक्ट्रिक स्कुटर बजारमा

काठमाडौं (अस) । इलेक्ट्रिक टू ह्वीलर ब्रान्ड नियूको नयाँ स्कुटर गोभा ५ नेपाली बजारमा सार्वजनिक गरिएको छ । नेपालका लागि आधिकारिक वितरक इकोइन्फिनिटीले नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो । स्कुटर खरिद गर्ने १० ग्राहकलाई बिहीबार नै चाबी हस्तान्तरण गरिएको कम्पनीले बताएको छ । इन्फिनिटीका कार्यकारी निर्देशकद्वय तरुण वज्राचार्य र प्रगुणराज भण्डारीले उक्त स्कुटर सार्वजनिक गरे । आधुनिक स्टाइलसँगै स्मार्ट डिजाइन थिममा तयार पारिएको यो स्कुटर स्टाइलिस छ । स्कुटरमा कम्पनीले ३२ भोल्ट ४५ एम्पियर आवरको लिथियम आयोन ब्याट्री र ३ हजार वाट क्षमताको मोटर जडान गरेको छ । यो स्कुटरलाई ७ घन्टाभित्र पूर्ण चार्ज गर्न सकिने र एक पटक चार्ज गरेपछि ८५ देखि १ सय किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ । ८५ किलोमिटर प्रतिघन्टाको गतिमा हाँक्न सकिने यो स्कुटरको दुवै चक्कामा ट्युबलेस टायर र डिस्क ब्रेक जडान गरिएको छ । यसमा रिजेनेरिटिभ ब्रेकिङ सिस्टम, रियर रिफ्लेक्टर, प्रोटेक्टर, स्टेरिङ ह्यान्डलबार लक, राइट ह्यान्ड कम्बिनेसन स्वीच, फ्रन्टफेन्डर, राइट रिफ्लेक्टर र भेहिकल आइडेन्टीफिकेसन नम्बरलगायत सुविधा छन् । रेड, ह्वाइट र ग्रेगरी तीन रङ अप्सनमा उपलब्ध स्कुटरको सुरुआती मूल्य ३ लाख २५ हजार रुपैयाँ पर्छ ।

सम्बन्धित सामग्री

नियू ब्रान्डको गोभा ५ इलेक्ट्रिक स्कुटर सार्वजनिक

इलेक्ट्रिक टुह्विलर ब्रान्ड नियूको नयाँ स्कुटर गोभा ५ नेपाली बजारमा सार्वजनिक गरिएको छ ।नेपालका लागि आधिकारिक वितरक इको इन्फिनिटीले स्कुटर लन्च गरेको हो । यो स्कुटर खरिद गर्ने १० जनालाई चाबी हस्तान्तरणसमेत गरिएको छ । अनावरण तथा साँचो हस्तान्तरण इको इन्फिनिटीका कार्यकारी निर्देशक तरुण बज्राचार्य र कार्यकारी प्रगुण राजभण्डारीले गरेका थिए ।यो स्कुटरमा कम्पनीले ३२ […]

नियू ब्रान्डको गोभा ५ इलेक्ट्रिक स्कुटर सार्वजनिक, यस्ता छन् फिचर

नियू ब्रान्डको नयाँ स्कुटर गोभा ५ बिहीबार नेपाली बजारमा सार्वजनिक गरिएको छ । नेपालका लागि आधिकारिक वितरक इको इन्फिनिटीले एक कार्यक्रमको आयोजना गरी सो इलेक्ट्रिक स्कुटर लन्च गरेको हो । साथै यो स्कुटर खरिद गर्ने १० जना ग्राहकलाई आजै चाबी हस्तान्तरण समेत गरेको छ । अनावरण तथा साँचो हस्तान्तरण इको इन्फिनिटीका कार्यकारी निर्देशक तरुण बज्राचार्य र कार्यकारी निर्देशक प्रगुण...

नेपाल आयो नियू ब्रान्डको गोभा ५ इलेक्ट्रिक स्कुटर

काठमाडौं । इलेक्ट्रिक टुह्विलर ब्रान्ड नियूको नयाँ स्कुटर गोभा ५ नेपाली बजारमा सार्बजनिक गरिएको छ । नेपालका लागी आधिकारिक वितरक इको इन्फिनिटीले स्कुटर लन्च गरेको हो । साथै यो स्कुटर खरिद गर्ने १० जनालाई चाबी हस्तान्तरणसमेत गरिएको छ। अनावरण तथा साँचो हस्तान्तरण इको इन्फिनिटीका कार्यकारी निर्देशक तरुण बज्राचार्य र कार्यकारी प्रगुण राजभण्डारीले...

नियू ब्रान्डको गोभा ५ इलेक्ट्रिक स्कुटर सार्वजनिक

नियू ब्रान्डको नयाँ स्कुटर गोभा ५ बिहीबार नेपाली बजारमा सार्बजनिक गरिएको छ । नेपालका लागि आधिकारिक बितरक इको इन्फिनिटीले एक कार्यक्रमको आयोजना गरी सो इलेक्ट्रिक स्कुटर लन्च गरेको हो ।साथै यो स्कुटर खरिद गर्ने १० जना ग्राहकलाई आजै चाबी हस्तान्तरण समेत गरेको छ । अनावरण तथा साँचो हस्तान्तरण इको इन्फिनिटीका कार्यकारी निर्देशक तरुण बज्राचार्य र कार्यकारी निर्देशक प्रगुण राजभण्डारीले गरेका थिए । यो स्कुटरमा ३२ भोल्ट ४५ एम्पियर आवरको लिथियम आयोन ब्याट्री र ३ हजार वाट क्षमताको मोटर जडान गरिएको छ । जसलाई