देखापढी विजिनेश न्यूज

काठमाडौं। कोरोना बीमाको १ अर्ब ८१ करोड रकम यसै साता बाँडफाँट गर्ने सरकारले निर्णय गरेको छ। जाल्पा सामुदायिक लघुवित्तले साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीलाई ७३ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ। एभरेष्ट बैंकले साढे २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकको उच्च व्याजदरविरुद्ध सिराहामा उद्योग व्यवसायीले विरोध प्रदर्शन गरेका छन्।