नेकपा नेता वर्षमान पुन ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र आफ्नो पार्टीबीच धेरै समानता रहेको बताएका छन्। भरतपुरमा आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा शुभकामना सन्देश दिँदै उनले दुवै शक्तिले राजनीतिक निरन्तरतामा क्रमभंगता गर्दै आफ्ना मार्ग तय गरेको उल्लेख गरे। नेता पुनले पृष्ठभूमि र कार्यशैली फरक भए पनि क्रान्ति, परिवर्तन र समाज रूपान्तरणका एजेन्डामा दुवै दल […]
जनमत पार्टीका अध्यक्ष सीके राउत ले प्रधानमन्त्री वालेन्द्र शाहको खुलेर प्रशंसा गरेका छन्। भरतपुरमा आइतबार आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राउतले प्रधानमन्त्री शाहको शैली, व्यक्तित्व र नेतृत्व क्षमताको प्रशंसा गरेका हुन्। उनले प्रधानमन्त्री शाहको कालो पोशाकको चर्चा गर्दै भारतीय अभिनेता देव आनन्दसँग तुलना गरेका थिए। “उहाँ स्टाइलिस र ड्यासिङ हुनुहुन्छ,” भन्दै उनले […]
नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली राजनीतिमा आफ्नो वैचारिक तथा राजनीतिक अवस्थाबारे अझ स्पष्टता ल्याउनुपर्ने बताएका छन्। भरतपुरमा आइतबार आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीको नीति, सिद्धान्त र कार्यदिशा अझै स्पष्ट नभएको टिप्पणी गरे। उनले स्पष्ट वैचारिक आधार बिना राजनीतिक यात्रा प्रभावकारी र दिगो हुन […]