काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा विधानविपरीतका क्रियाशील सदस्यता खारेज गर्न माग गर्दै धर्ना शुरू भएको छ । पार्टीको विधान, नियमावली र परिपत्रविपरीत बाँडिएका सदस्यता खारेज गर्न माग गर्दै नेपाली कांग्रेस बाराका नेता तथा कार्यकर्ताहरू आजदेखि पार्टी कार्यालय सानेपाको प्रवेशद्वारमा धर्नामा बसेका हुन् । धर्ना बस्नेमा पूर्वसभासदद्वय रामअयोध्या प्रसाद यादव, लालबाबु सिंह, नेविसंघ पूर्वसहमहामन्त्री […]