लास आयो न लाहाछाप लाएको चिठी

भेट्न आएका आफन्तको जुत्ता र चप्पलका जोडी मूल ढोका बाहिर फिँजारिएका छन् । घरको भुइँ तल्लाको कोठामा बिरामी छोरा लडिबुडी गर्दै छ । दोस्रो तलामा माया पुन आफन्तले घेरिएर बसेकी छन् ।

सम्बन्धित सामग्री

बाकसमा लास जान्छ कि खाममा चिठी!

छोरोको अनुहार देख्न नपाउँदै एक सन्तान चिनो छोडेर मेरी श्रीमतीलाई सेता पहिरन उपहार स्वरुप दिएर संसारबाट बिदा लिनुपर्ने पो हो कि भनेर यो गह यसै भरिएको थियो। पैसा साथमा कति पनि थिएन, अस्पतालमा पैसा नतिरी निक्लिन दिँदैन थियो। घरमा भनेर नि कुनै समाधान देख्दिनथेँ।

अचानक मृत्युको चिठी पाउँदा झन् पीडा

खिमुमाया पाठक पतिको अवस्था र सत्यतथ्य थाहा पाउन विगत १८ वर्षदेखि प्रतीक्षामा छन्। तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका क्रममा राज्यपक्षले उनका पति ढाकाराम पाठकलाई बेपत्ता पारेको थियो। बेपत्ता पारिएका पतिको लास वा सास नपाउँदा काजकिरियासमेत नगरेकी खिमुमायालाई बेपत्ता छानबिन आयोगले हालै पठाएको चिठीले थप पीडा दिएको छ।