नेपाली नर्स बेलायत पठाउने तयारी, एक साताभित्र श्रम समझदारीको मस्यौदा तयार हुने

रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ । शुक्रबार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । नयाँनयाँ रोजगार गन्तव्यको खोजीमा जुटेको सरकारले रोजगारी, पारिश्रमिक तथा सेवासुविधाका आधारमा नेपालले बेलायतसँग श्रम सम्बन्ध कायम गर्न आग्रह गरेको थियो । बेलायती अधिकारीसँगको द्विपक्षीय भेटवार्तामा नेपालले रोजगारीको अवसर उपलब्ध गराउन प्रस्ताव गरेको थियो । दुई पक्षबीच भएको औपचारिक छलफलमा श्रम समझदारी गरी रोजगारीका लागि नेपाली स्वास्थ्य जनशक्ति (नर्स) पठाउने समझदारी भएको छ । बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीचको वार्तामा नेपालबाट श्रमिक पठाउने र बेलायतले उनीहरुलाई रोजगारीका अवसर प्रदान गर्ने सहमति भएको थियो । बैठकमा नेपालका तर्फबाट श्रम मन्त्रालयअन्तर्गतको रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजीव पोखरेल, उपसचिव थानेश्वर भुसाल, वैदेशिक रोजगार विभाग, परराष्ट्र र कानुन मन्त्रालय तथा चिकित्सा शिक्षा आयोगका प्रतिनिधिको सहभागिता रहेको थियो । बेलायतका तर्फबाट डिपार्टमेन्ट अफ हेल्थ र नेसनल हेल्थका साथै काठमाडौँस्थित बेलायती दूतावासका प्रतिनिधिको सहभागिता थियो । बैठकमा बेलायतबाट उनीहरु ‘भर्चुअल’ रुपमा सहभागी भएका थिए । नेपालका नर्सिङ कलेजको क्षमता बढाउन बेलायत सरकारले सहयोग गर्ने र छात्रवृत्ति दिएर नेपालमा नर्स उत्पादनमा सहयोग गर्ने प्रतिबद्धता पनि बेलायती पक्षबाट आएको मन्त्रालयले जनाएको छ । नेपालले रोजगार सम्झौताको अवधि पाँच वर्षको हुने प्रस्ताव गरेको छ । रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनु नपर्ने बताइएको छ । छनोट भएका नर्सले बेलायत गएपछि बेलायतको स्वास्थ्य काउन्सिलले लिने परीक्षा उत्तीर्ण भने गर्नुपर्नेछ । यद्यपि, उक्त अवधिमा पनि सहायक नर्सका रुपमा रोजगारी भने सुनिश्चित हुनेछ । नेपाली श्रमिक लैजाने मोडालिटीका बारेमा टुङ्गो भने लागेको छैन । नेपालमा विभिन्न तहका नर्सिङ जनशक्ति रहेका छन् । बेलायतले नेसनल हेल्थ सर्भिसेसअन्तर्गत नेपाली नर्सिङ जनशक्तिलाई रोजगारीको अवसर दिने बताइएको छ । बेलायतले दक्षिण एसियाली क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा एक लाख श्रमिक भित्र्याउने घोषणा गरेको छ । नेपालबाट करिब १० हजार नर्सिङ जनशक्ति लैजाने बेलायतको तयारी छ । नेपाल नर्सिङ सङ्घका अनुसार हालसम्म नेपालमा ६६ हजार नर्स उत्पादन भएका छन् । तीमध्ये २५ हजार विदेशमा छन् । नौ हजार नर्स सरकारी सेवामा रहेको सङ्घको तथ्याङ्क छ । केही निजी अस्पतालमा कार्यरत छन् । वैदेशिक रोजगारीलाई विविधीकरण गर्ने लक्ष्य लिएको सरकारले आकर्षक गन्तव्यको खोजी गरिरहेको छ । यसअघि जापान, इजरायल, मरिससलगायत मुलुकसँग नेपालले विशिष्टीकृत क्षमताका श्रमिक पठाउने समझदारी गरिसकेको छ । छिट्टै नेपाली श्रमिक इजरायलको स्वास्थ्य क्षेत्रमा काम गर्न त्यसतर्फ जाँदैछन् ।

सम्बन्धित सामग्री

नेपाली नर्स बेलायत पठाउन आज द्धिपक्षीय सम्झौता हुँदै

काठमाडौं, भदौ ६ । नेपाली नर्सलाई बेलायत पठाउन नेपाल सरकार र बेलायत सरकारबीच आज द्धिपक्षीय श्रम सम्झौता हुँदै छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा अहिले अपरान्ह १२ बजे एक कार्यक्रमकाबीच द्धिपक्षीय श्रम सम्झौता हुन लागेको हो। सम्झौतामा नेपालका तर्फबाट श्रमसचिव एकनारायण अर्याल र बेलायत सरकारका तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गर्दैछन् […]

नेपाली नर्स बेलायत पठाउन आज द्विपक्षीय सम्झौता हुँदै

नेपाली नर्सलाई बेलायत पठाउन नेपाल सरकार र बेलायत सरकारबीच आज द्धिपक्षीय श्रम सम्झौता हुँदैछ । सम्झौतामा नेपालका तर्फबाट श्रमसचिव एकनारायण अर्याल र बेलायत सरकारका तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गर्नेछन् । दिउँसो साढे १२ मन्त्रालयमा हुने एक कार्यक्रमका बीच सम्झौता गरिनेछ । बेलायतले नेपालबाट १० हजार नर्सिङ जनशक्ति लैजाने बताएको छ । तर, पहिलो चरणमा थोरै संख्यामा लैजानेगरी सम्झौता हुनेछ । पहिलो चरणमा पठाइएको जनशक्ति सफल भएमा बेलायतले त्यसपछि थप जनशक्ति लैजानेछ ।&nbs

नेपाली नर्स बेलायत पठाउन आज द्धिपक्षीय सम्झौता हुँदै

नेपाली नर्सलाई बेलायत पठाउन नेपाल सरकार र बेलायत सरकारबीच आज द्धिपक्षीय श्रम सम्झौता हुँदै छ।

नेपाली नर्स बेलायत नपठाउन भीम रावलको माग

नेकपा एमालेका सांसद भीम रावलले नेपाली नर्स बेलायत नपठाउन माग गरेका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अमेरिकी सहयोग परियोजना एसपीपी र भुतपुर्व सिंगापुर  गोर्खा सैनिक बारेको छलफलका क्रममा उनले बेलायतमा गोर्खा भर्ती जस्तै नेपाली नर्स भर्ती गर्न नहुने बताए ।नेपालका दुर्गम क्षेत्रमा रहेका अस्पताल, स्वास्थ्य संस्थामा नर्सलगायत स्वास्थ्यकर्मीको अभाव रहेको भन्दै उनले  नेपाली  दक्ष जनशक्ति बेलायत निर्यात गर्न नहुने बताए । सांसद रावलले बेलायतको उच्चस्त

बेलायतले शून्य लागतमा नेपाली नर्स लैजाने

बेलायत सरकारले शून्य लागतमा नेपाली नर्स लैजाने भएको छ । बेलायत र नेपाल सरकारबीच भएको छलफलमा नेपालबाट रोजगारीका लागि जाने नेपाली नर्सको सबै खर्च बेलायत सरकारले नै व्यहोर्ने सहमति भएको हो ।...

मासिक ४ लाख तलबमा १० हजार नेपाली नर्स बेलायत पठाईदै

बेलायतमा मासिक करिब ४ लाख तलब प्राप्त हुने गरी रोजगारीका लागि नेपाली नर्सपठाउने प्रक्रिया सुरु गरेको सरकारले बताएको छ। सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मासिक ४ लाख तलब पाउने गरि १० हजार नेपाली नर्स बेलायत पठाउने सम्झौता गर्न लागेको जानकारी दिएका हुन्।बेलायतपछि जापान,कोरिया,न्युजिल्याण्डमा पनि नेपाली श्रमिक पठाउनका लागि तयारी भइरहेको दाबी गरेका छन् ।

नेपाली नर्स रोजगारीका लागि निःशुल्क बेलायत जान पाउने

बेलायत सरकारका तर्फबाट नेपाली नर्सलाई रोजगारी दिने विषयमा नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारीमा हस्ताक्षर हुने भएको छ । रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनुपर्ने छैन । श्रम समझदारीको मस्यौदा तयार गर्न गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरेकाले आगामी साता हस्ताक्षर गर्न लागिएको हो । बेलायतको ‘डिपार्टमेन्ट …

नेपाली नर्स बेलायत आइपुग्न अझै एक वर्ष लाग्ने

लण्डन– नेपाल र बेलायत सरकारबीच श्रम सम्झौता भई नेपाली नर्सहरू बेलायत ल्याउने प्रक्रिया पुरा गर्न अझै एक वर्ष लाग्ने भएको छ । बेलायतमा रहेका नेपाली नर्सहरूको संस्था नेप्लिज नर्सिङ एसोसिएसन (एनएनए) युकेले आइतबार पत्रकार सम्मेलन आयोजना गरी सोको जानकारी गराएको हो । एनएनए युकेले बेलायतको स्वास्थ्य मन्त्रालय (डिपार्टमेण्ट अफ हेल्थ एण्ड सोसल केयर) सँग गरेको […]

बेलायतमा नेपाली नर्स पठाउन सम्झौता गरिदै, पहिलो चरणमा २ हजार जना पठाइने

बेलायतमा नेपाली नर्स ल्याउने सम्बन्धमा बेलायत र नेपाल सरकारबीच सम्झौताको गृहकार्य अन्तिम चरणमा पुगेको छ । बेलायत सरकारले नेपाली नर्सहरुलाई रोजगारीका लागि आफ्नो देशमा ल्याउने सम्बन्धी सम्झौता हुन लागेको जनाइएको छ । सम्झौतापछि नेपाली नर्स रोजगारीका लागि बेलायत ल्याउने प्रक्रिया अगाडि बढ्नेछ । नेपाल र बेलायत सरकारले गठन गरेको वार्ता टोलीले शुक्रबारदेखि औपचारिक रुपमा नर्स बेलायत […]

१० हजार नेपाली नर्स लाँदै बेलायत

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सरकारले बेलायतमा रोजगारीका लागि नेपाली नर्स पठाउने तयारी भएको बताएका छन्।प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सचिव गौतमले यस्तो जानकारी दिएका हुन्। सचिव गौतमले बेलायत सरकारको मागअनुसार नेपाल सरकारले रोजगारीका लागि १० हजार नर्स पठाउने बताएका हुन्। उनले जीटुजी सम्झौतामार्फत नेपालबाट रोजगारीका लागि नर्स लैजाने विषयमा बेलायतसँग सम्झौताको तयारी भइरहेको जानकारी दिए।उनले कोभिडप