काठमाडौं । नेपालले कोभिड-१९ विरुद्ध बालबालिकालाई लगाइने १६ लाख ६० हजार डोज मोडर्ना खोप प्राप्त गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले उक्त परिमाणको खोप सोमबार काठमाडौं आइपुगेको जनाएको छ । मंगलबार थप २३ लाख ४० हजार डोज खोप आइपुग्ने विभागले जनाएको छ । सरकारले विश्व बैंकको आर्थिक सहायतामा कोभ्याक्स संयन्त्रमार्फत […]