दाङ र बाँकेकाे वन क्षेत्रमा बाघ समूहमा हिँड्न थाल्याे

दाङ : पूर्व–पश्चिम राजमार्गको दाङ र बाँकेको वन क्षेत्रमा बाघको आतङ्क फैलिएको छ । बाघको समूह नै हिँड्न थालेपछि वन कार्यालयले सावधानी अपनाउन सार्वजनिक आह्वान गरेको छ ।बाँकेको गाभर कुसुम क्षेत्रमा बाघले मान्छे खाएदेखि नै त्याे क्षेत्रमा बाघको समूह देखा पर्न थालेको छ । बाँके र दाङको सीमा क्षेत्रमा पाटे बाघ र चितुवाको समूह देखिएको डिभिजन वन कार्यालय लमहीले जनाएको छ ।वन कार्यालयका अनुसार बाँके र दाङको सीमानामा रहेको दाङको अमिलिया–रिहार सडक खण्डमा चितुवा र बाघको समूह देखा परेको छ । गएकाे आइतवार राति लमही...

सम्बन्धित सामग्री

बाँकेमा नरभक्षी बाघ नियन्त्रणमा

१८ फागुन, बाँके । बाँकेमा मान्छेमाथि आक्रमण गर्दै आएको नरभक्षी बाघ नियन्त्रणमा आएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ को सामुदायिक वनबाट बुधबार बिहान बाघलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले बताए । उनका अनुसार पाडोको शिकार गरी माखु खान लागेको क्रममा बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिएको हो । बाघलाई नियन्त्रण गर्न […]