टोकियो ओलम्पिकमा आज सम्पन्न फुटबल खेलमा ब्राजिल यू २३ ले साउदी अरब यू २३ लाई हराएको छ। सइतामा स्टेडियममा सम्पन्न खेलमा ब्राजिलले साउदी अरेबियामाथि ३-१ गोलअन्तरको जित निकालेको हो।
ब्राजिलले खेलको १४ औं मिनेटमा चुन्हा म्याथिउसको गोलमा अग्रता बनाएको थियो। तर, २८ औं मिनेटमा अल्मारी अब्दुल्लाहले गोल गर्दै खेल बराबरीमा ल्याए।…