पर्वतमा एक वर्षमा नौ वटा चितुवा मृत भेटिए, दुई वटाको जीवितै उद्धार

पर्वत : आर्थिक वर्ष २०७९÷०८० मा पर्वत जिल्लामा नौ वटा चितुवा मरेका छन्।डिभिजन वन कार्यालय पर्वतका डिभिजन वन अधिकृत विष्णुप्रसाद अधिकारीका अनुसार यी मध्येका सात वटालाई मृत अवस्थामा उद्धार गरिएको थियो। बाँकी दुई वटालाई जीवितै उद्धार गरिएको भए पनि उद्धार पश्चात् मरेका थिए। एक वर्षकै अवधिमा दुई वटा चितुवालाई जीवितै उद्धार गरेर बचाइएको छ।२०७९ साउन १२ मा कुश्मा नगरपालिका–३ दुर्लुङमा एउटा, असोज ३ मा मोदी गाउँपालिका–भूकताङ्लेमा, माघ ६ गते पैयुँ गाउँपालिका–४ को टेल्टुङमा एक&divid