पाैडेल र नेम्वाङ दुवै सक्रिय राजनीतिमा छन्, निष्पक्ष भूमिकाकाे परिकल्पना गर्न सकेनाैँ : लिङ्देन

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति चुनावमा तटस्थ बस्ने निर्णय गरेको छ । बुधवार काठमाण्डाैमा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति चुनावमा भाग नलिने निर्णय गरेको हो । बैठकपछि बाेल्दै पार्टीका अध्यक्ष एवम् राजेन्द्र लिङ्देनले राष्ट्रपतिका दुवै उम्मेदवार सक्रिय राजनीतिमा रहेकाले उहाँहरूबाट निष्पक्ष र राष्ट्रको अभिभावकीय भूमिका निर्वाह नहुने देखेपछि चुनावमा तटस्थ बस्न उपयुक्त हुने निष्कर्ष निकालेको तर्क गर्नुभयाे ।  उहाँले भन्नुभयाे, ‘हामीले सर्वसम्मत ढङ्गले ...