विश्वकप फुटबलको मुखैमा अर्जेन्टिनालाई धक्का लागेको छ । फरवार्ड पाउलो डिबालाले चोटका कारण फिफा विश्वकप गुमाउने भएका हुन् । फुटबल एस्पानाका अनुसार डिबालाले तिघ्रामा लागेको चोटका कारण कतारमा आयोजना हुने विश्वकप गुमाउने भएका हुन् । आइतबार (९ अक्टोबर) मा एएस रोमाले सेरी एमा लेसे विरुद्ध २–१ ले जित्दा पेनाल्टी हान्दा डिबाला घाइते भएका थिए । रोमाका प्रबन्धक जोसे माउरिन्होले डिबालालाई खराब चोट लागेको पुष्टि गरेका छन् । माउरिन्होले भनेका छन्, “डिबालाको कुरा नराम्रो छ, धेरै नराम्रो भन्नु हुँदैन । दुर्भाग्यवश, यो केवल खराब भन्दा धेरै धेरै नराम्रो छ ।”विश्वकप सुरु हुन एक महिना भन्दा केही दिन मात्र बढी बाँकी रहेकाले डिबाला टोलीमा फर्कने सम्भावना अत्यन्त कम रहेको हो । पाउलो डिबालाले २०१५ मा अर्जेन्टिनाको सिनियर टोलीबाट डेब्यु गरेका थिए । डिबालाको अनुपस्थिति हुँदा विश्वकपमा अर्जेन्टिनालाई ठूलो धक्का लाग्नेछ ।