काठमाण्डाै – प्रदेश सभा सदस्यका उम्मेदवारको मृत्यु भएको मोरङ क्षेत्र नम्बर ३ को (क) का लागि निर्वाचन आयोगले नयाँ निर्वाचन कार्यक्रम तय गरेको छ ।
नयाँ कार्यक्रमअनुसार भोलि बिहीवार उम्मेदवारको मनोनयन दर्ता, सूची प्रकाशन र दाबी विरोधको कार्यक्रम तय भएको छ । पर्सि शुक्रवार अन्तिम नामावली सार्वजनिक गर्ने र मङ्सिर ४ गते नै मतदान हुने आयोगले जनाएको छ । जुन दलको उम्मेदवारको निधन भएको हो त्यही दलको तर्फबाट मात्रै उम्मेदवारी दर्ता गर्नुपर्ने आयोगले जनाएको छ ।
प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्रीस...