क्यानले सार्वजनिक गर्यो सन् २०२४ को खेलतालिका

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक खेलतालिका सार्वजनिक गरेको छ।क्यानले आज (बिहीवार) त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पत्रकार सम्मेलन गर्दै सन् २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिता समेटेर वार्षिक खेलतालिका सार्वजनिक गरेको हो। क्यालेन्डरमा जनवरी १ देखि डिसेम्बर ३० तारिखसम्मका गतिविधि समावेश गरिएको छ।क्यानका सचिव पारस खड्काले वार्षिक क्यालेन्डरमा अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र एशियन क्रिकेट काउन्सिल (एसिसी) को क्यालेन्डरलाई पछ्याएर घरेलु क्रिकेटलाई स