बुधबारको प्रतिनिधिसभा बैठकको सुरुवातमा सभाहलमा उल्लेख्य सांसदहरु थिए । तर बैठकको अन्त्यतिर विधेयक पारित हुने क्रममा गणपूरक संख्या नै नपुगेपछि पारित हुन ठिक्क बेला भएको विधेयक रोकिन पुग्यो । विधेयक पारित गर्न चाहिने कम्तिमा ६९ जना सांसद सभामा नभएपछि सभामुख अग्निप्रसाद सापकोटाले साउन २९ गते आइतबारसम्मका लागि बैठक स्थगितको घोषणा गरे । राष्ट्रियसभाबाट यसअघि नै पारित भएको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण गठन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि प्रतिनिधिसभामा