भारतमा पछिल्लाे २४ घण्टामा एक लाख ५० हजारभन्दा धेरैमा काेराेना सङ्क्रमण

काठमाण्डाै – भारतमा पछिल्लाे २४ घण्टा एक लाख ५० हजारभन्दा धेरै जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । त्यहाँकाे स्वास्थ्य मन्त्रालयले पछिल्लाे २४ घण्टामा एक लाख ५२ हजार आठ सय ७९ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे र काेराेनाका कारण आठ सय ३९ जनाकाे ज्यान गएकाे जनाएकाे छ ।  याेसँगै भारतमा अब काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या ११ लाखभन्दा धेरै भएकाे छ, त्यस्तै काेराेना सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या एक लाख ६९ हजार दुई सय ७५ पुगेकाे छ ।  भारतमा काेराेना महामारीकाे पहिलाे लहर देखिए...