सडक हस्तान्तरण भइसक्दा पनि बनेन पुल

मुगु– हुम्लादार्म लिंक रोड निर्माण अन्तिम चरण पुगे पनि कर्णाली नदीमा बेलिब्रिज नबन्दा सवारी चलाउन मुस्किल भएको छ । ग्रामीण पहुँच कार्यक्रमले ६७ किमिमध्ये २६ किमी सम्पन्न गरी कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ । बाँकी ४१ किमि पनि अन्तिम चरणमा पुगेको हो ।