अत्यावश्यक नपरी घरबाहिर ननिस्कन र भोजभतेर नगर्न सिडिओहरुको आदेश

काठमाडौँ- काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रजिअहरुको बैठकले कोरोना संक्रमणको जोखिम बढेकाले अत्यावश्यक नपरी घरबाहिर ननिस्कन, सार्वजनिक स्थानमा जम्मा नहुन, सभाजुलुस, भोजभतेर, जात्रा महोत्सव नगर्न आदेश दिएको छ। काठमाडौँ उपत्यकालगायत मुलुकभर नै कोरोना संक्रमणको जोखिम बढेकाले उपत्यकाका तीनै प्रशासन कार्यालयहरुले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी घरबाहिर अत्यावश्यक काम नपरी ननिस्कन र निस्कनै परे सबैले अनिवार्य मास्कको प्रयोग […]