२७ फागुन, काठमाडौं । स्पानिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको छ । अन्तिम १६ अन्तर्गत दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग १-१ को बराबरी खेलेपछि समग्रमा ५-२ ले पराजित हुँदै बार्सिलोना बाहिरिएको हो । बार्सिलोना सन् २००६-०७ पछि पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्न असफल भएको हो । […]