डाेटी - दुई हप्ता पहिलेकाे भारी हिमपातसँगै परेको वर्षाका कारण बन्द भएका ग्रामीण सडकहरु अझै सञ्चालनमा आउन सकेका छैनन् ।
समूहगाढ, कपल्लेकी, नापानी हुँदै गड्सेरा जोड्ने फास्ट ट्रयाक लगायत सडकका विभिन्न खण्डमा हिमपातले रुख ढल्दा तथा वर्षातले पहिरो खस्दा सडक सञ्चालनमा आउन नसकेकाे हाे । हिमपात र वर्षातका कारण बन्द भएका अन्य ग्रामीण क्षेत्रका सडककाे समेत मर्मत नहुँदा गाडी चलाउन सास्ती हुने गरेकाे छ ।
सडक सञ्चालनमा नआएका कारण एक घण्टाको यात्रामा पुगिने ठाउँमा कम्तीमा पनि दुईदे...