अमेरिकी सांसदको टोलीद्वारा प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता

काठमाण्डाै - नेपाल भ्रमणमा रहेका अमेरिकी तल्लो र माथिल्लो सदनका पाँच जना सांसदको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेको छ । प्रधानमन्त्री देउवालाई भेट्न पाँच जना अमेरिकी सांसदको टोली बालुवाटार पुगेको थियो । अमेरिकी टोलीलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले भेटमा नेपाल–अमेरिका मित्रता, सरकार, संसद् र आम नारिकलाई समावेश गरेर बहुआयामिक साझेदारी बढाउने विषयमा कुराकानी भएको जानकारी दिनुभयो । यस्तै जलवायु परिवर्तनका विषयमा पनि छलफल भएको छ ।...