काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक बिहीबार बसेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक जारी छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमालेको १० औं महाधिवेशनको प्रतिनिधि छनोटको मापदण्ड बनाउन बैठक बसेको नेताहरुले बताएका छन् । एमालेले शुक्रबार केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ ।