दमौली– व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा ५२ जना गर्भवतीलाई पोषणभत्ता उपलब्ध गराएको छ । नवजात शिशु र आमा दुवैको स्वास्थ्य स्याहार र सुरक्षाका लागि नगरपालिकाले गर्भवतीलाई पोषणभत्ता उपलब्ध गराएको हो । नगरपालिकाभित्रका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीनपटक (४, ६ र ८ महिना) गर्भ परीक्षण गरेका महिलालाई आठ महिनामा मातृ शिशुकार्डका आधारमा पाँच हजारका दरले प्रोत्साहन […]
काठमाडौं- यही वैशाख १३ गते उपचारका क्रममा बाँकेको वैजनाथ गाउँपालिकाकी ६२ वर्षीया बिरामी दिलसरा विकको भेरी अस्पतालमा मृत्यु भयो । हाइपोथाइराइडिज्म, टाइप–२ मधुमेह र उच्च रक्तचापको समस्या रहेकी उनको उपचारकै क्रममा मृत्यु भएको थियो । दिलसराको मृत्यु भएको दुई दिनपछि वैशाख १५ गते उनका आफन्तहरू कुशल दर्लामीसहितको समूहले अस्पताल प्रमुखलाई कार्यकक्षमै घेराउ गर्दै चिकित्सकहरूको लापरवाहीले […]
दायाँबायाँ उभिएका पुराना नेवारी शैलीका घरहरू, घर हालिएका काठका कलात्मक ढोका र झ्यालहरू, र घरअगाडि फुलेका रंगीचंगी फूलहरू। जसले एउटा यस्तो दृश्य बनाउँछन्, जहाँ आधुनिकताको हतारो हराएको छ।
काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेषदूत सर्जियो गोरले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् । त्यसअवसरमा उनीहरूबीच नेपाल–अमेरिका आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।
तानसेन– तानसेन नगरपालिका–९ दमकडामा ३८० वर्ष पुरानो माण्डव्य ऋषिको रथयात्रा निकालिएको छ । माण्डव्य ऋषिको तपोभूमिका रूपमा रहेको माडीफाँटको दक्षिण दमकडास्थित माण्डव्य ऋषिको मन्दिरबाट आज उक्त रथयात्रा निकालिएको हो । हरेक वर्ष वैशाख पूर्णिमाका दिन रथयात्रा निकाल्ने गरिन्छ । मन्दिर स्थापना भएको ३७७ वर्ष पूरा भएको अवसरमा पहिलो पटक यहाँ रथयात्रा निकालिएको थियो । यो चौथो […]