काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले जित निकालेको छ । गएराति भएको खेलमा मुम्बईले साविक विजेता चेन्नई सुपर किङ्ग्सलाई ५ विकेटले हराएको हो ।
चेन्नईले दिएको ९८ रनको लक्ष्य मुम्बईले १४ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको लागि तिलक वर्माले अविजित रहँदै ३४ रन बनाए ।
कप्तान रोहित शर्मा र ऋतिक शोकेन समान १८ रनमा आउट भए । चेन्नईका मुकेश चौधरीले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले १६ ओभरमा अलआउट हुँदै ९७ रन बनाएको थियो । चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोन...