आर्थिक संकट समाधानका लागि राजस्वको दायरा बढाउने र फजुल खर्च रोक्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं, ४ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहालले राजश्वको दायरा विस्तार गर्दै, फजुल खर्च नियन्त्रण गरेर आर्थिक संकटको समाधान गर्ने बताएका छन्। संसदमा सांसदको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले भने,‘सरकारले राजश्व प्रशासनलाई चुस्त बनाउँदै राजश्वको दायरा विस्तार गर्ने र राजश्व चुहावट, राष्ट्रिय पुँजी पलायन, अवैध कारोबारलाई कडाइका साथ नियन्त्रण गर्ने नीति सरकारले लिएको छ।’