काँग्रेस अधिवेशन : जुम्ला सभापतिमा कर्णबहादुर शाही विजयी

नेपाली काँग्रेस जुम्लाको ७ औँ अधिवेशनमा जिल्ला सभापतिमा कर्णबहादुर शाही विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी दिपबहादुर शाहीलाई पाँच मतले पराजित भएका हुन् ।  यसअघि दिपबहादुर वर्तमान जिल्ला सभापति हुन् । तत्कालीन काँग्रेस सभापति मानव सेजुवालको नेपाल एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएपछि उनले कार्यवाहक सभापतिको जिम्मेवारी समेत पाएका थिए । दिपबहादुर शाहीले झन्डै दुई कार्यकाल जिल्ला सभापतिसमेत चलाएका थिए । उनी यो पटक काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलबाट सभापतिका उम्मेदवार