काठमाडौं, १४ वैशाख । सरकारले कोरोना भाइरसको दोस्रो लहरसँग जुध्न एकपछि अर्को कडा निर्णयहरु लिन थालेको छ । मुख्य शहरहरुमा लकडाउनको घोषणा गरेको सरकारले स्वास्थ्यकर्मीहरुलाई देशभर सक्रिय बनाएको छ । स्वास्थ्य मन्त्रालय अन्र्तगतका सम्पूर्ण कर्मचारीलाई बिदामा नबस्ने र कार्यालयमा हाजिर हुन पत्राचार गरेको छ । मन्त्रालयका अनुसार चिकित्सकलगायत स्वास्थ्यकर्मीलाई अनिवार्य काममा रहन पत्राचार गरेको हो […]