बुधबार बसेको न्याय परिषद्को बैठकले विशेष अदालतमा ६ न्यायाधीशको काज सरुवाका लागि नाम सिफारिस गरेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले विशेष अदालतमा अध्यक्षसहित ६ न्यायाधीशको काज सरुवाका लागि नाम सिफारिस गरेको हो । परिषद्ले विशेष अदालतमा अध्यक्षका लागि उच्च अदालत पाटनमा दरवन्दी भई उच्च अदालत पोखराको बागलुङ इजलासमा काजमा रहेका न्यायाधीश श्रीकान्त पौडेललाई नियुक्तिका लागि नाम सिफारिस गरेको हो । त्यस्तै विशेष अदालतका सदस्यहरूमा उच्च अदालत जनकपुर अन्तरगत वी