संसद् विघटनबारे सरकारलाई कारण देखाऊ आदेश, एमिकस क्युरी गठन हुने - BBC News नेपाली

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन मुद्दामा सरकारलाई कारण देखाऊ आदेश जारी गरेको छ। संसद्लाई पनि अविश्वास प्रस्तावको मिति र समय खुल्ने सक्कल कागजपत्र बुझाउन भनेको छ।