गठबन्धनप्रति ओलीको कटाक्ष : पोहोर पनि ढाँट्यौ आमा, यसपालि नि ढाँट्यौ...

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति चर्को आक्रोश पोखेका छन्। चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले गठबन्धनका नेताहरुले जनतालाई धम्काएर भोट मागेको प्रति आपत्ति जनाएका हुन्। ओली प्रचण्डप्रति कटाक्ष गर्दै भने, ‘अस्ति यहाँ एउटा नेताको भाषण कस्तो थियो? चितवनका जनताले मेरो छोरीलाई भोट हालेर जिताएनन् भने दुर्घटना हुन्छ? रूखवाला साथीहरूले खुरुखुरु राजीखुसी ह