कोरोना संक्रिमत सरकारी कर्मचारीले सात दिन बिदा पाउने

काठमाडौं : कोरोना संक्रमित सरकारी कर्मचारीले सात दिन बिदा पाउने भएका छन्। मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि परिपत्र गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका कार्यालयलाई यस्तो जानकारी दिएको हो। यसअघि कोरोनाको पहिलो लहरमा संक्रमित हुँदा कर्मचारीले १४ दिन बिदा पाउँदै आएका थिए। यसपटक संक्रमण कडा नदेखिएको र संक्रमित चाँडै निको हुने गरेकाले बिदा कटौती गरिएको हो। संक्रमित अस्पताल भर्ना हुनु परेको अवस्थामा भने डिस्चार्ज भएको मितिले तीन दिनसम्म मात्रै बिदा पाउ