काठमाडौं : कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाएका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। गत चैत २६ गते भेरोसेल खोप लगाएका एक जना ४० वर्षीय पुरुषमा खोप लगाएको ७ दिनमा संक्रमण भएको पुष्टि भएको हो।खोप लगाए पश्चात रुघाखोकी लागेपछि पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको बताइएको छ।कोरोना भाइरसविरुद्धको खोप लगाएपछि शरीरमा इम्युनिटी पावर (रोग प्रतिरोधात्मक क्षमता) विकास हुन कम्तीमा पनि १ महिनासम्म लाग्ने चिकित्सकहरु बताउँछन्।