तनहुँको व्यास नगरपालिका-३ मा निर्माणाधीन सभाहल अपांगतामैत्री नभएको अधिकारकर्मीले गुनासो गरेका छन्। जिल्लाकै ठूलो आयोजनामध्येको एक सभाहललाई अपांगतामैत्री नबनाइएको अपांगाताको क्षेत्रमा काम गरिरहेका अधिकारकर्मीको भनाइ छ। संघीय सरकारको आर्थिक सहयोगमा निर्माणको अन्तिम चरणमा पुगेको सभाहलमा अपांगता भएका व्यक्तिलाई जानै मुस्किल रहेको अपांगताको क्षेत्रमा काम गरिरहेको सहृदयी मञ्च तनहुँका अध्यक्ष सावित्री सुवेदीले बताइन्। ‘सभाहलको कुनै पनि […]