एजेन्सी । जापानले कोभिड–१९ विरूद्धको अभियान अझै सफल भई नसकेको भन्दै आगामी मार्च ७ गतेसम्मका लागि देशव्यापी जारी स्वास्थ्य सङ्कटकाललाई बढाएको छ । जापानी प्रधानमन्त्री योशीहिदा सुगाले मङ्गलबार कोविड–१९ महामारीको कारण लगाइँदै आएको सङ्कटकाललाई थप एक महिनाको लागि विस्तार गरेका हुन् ।सरकारको कोभिड–१९ कार्यदलको बैठकपछि प्रधानमन्त्रीले भने, “जापानका ११ वटा प्रान्तमध्ये हाल टोकियो र छिमेकी कानागावा, चिबा र सैतामा क्षेत्रका साथै ऐचि, गिफु, ओसाका, क्योटो, ह्योगो र फुकुओका