बुधबार कर्णाली प्रदेश सभाको नवौं अधिवेशनमा पाँच वटा अध्यादेश प्रस्तुत गरिएको छ। बैठकको सुरुमा अधिवेशन आव्हान सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिएका थिए।...
रुपन्देही – लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बैशाख १९ गते मङ्गलबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश प्रमुखको कार्यालय बुटवलका सचिव प्रह्लाद पोखरेलले आज विज्ञप्ति प्रकाशित प्रकाशित गरी प्रदेश प्रमुखले हिउँदे अधिवेशन […]
दुई वटा कानुन बनाउँदै सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन सकिएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको हिउँदे अधिवेशन सकिएको हो ।प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखले पठाउनु भएको पत्र सभामुख अर्जनबहादुर थापाले पढेर सदनलाई सुनाएका थिए । प्रदेश सभाको हिउँदे अधिवेशन चैत १३ गतेबाट सुरु भएको थियो । कानुन बनाउनेअधिवेशनको रुपमा लिइने गरेको हिउँदे अधिवेशनमा जम्मा दुई वटा विधेयक पारित गरिएको छ । हिउँदे अधिवेशनले सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७७ संशोधन गर
सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन प्रदेशसभा भवन धनगढीमा आजदेखि सुरु भएको छ । ६ महिना पुग्न केही दिनमात्र बाँकी छँदा हिउँदे अधिवेशन प्रारम्भ भएको हो । अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहे पनि प्रदेशसभामा छलफलका लागि कार्यसूची दिन नसकेको लगायत कारण अधिवेशन ढिलो गरी सुरु भएको हो ।अधिवेशनको प्रारम्भमा दिइएको विषेश समयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले प्रदेशसभाबाट अहिलेसम्म बनेका ऐन, कानून कार्यान्
हेटौंडा : बागमती प्रदेश सरकारले चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चालू अवस्थामा रहेको नवौँ अर्थात् हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले भने, ‘आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय भएको छ।’प्रमुख प्रतिक्षी दल नेकपा एमालेका कारण ८१ दिन अवरुद्ध प्रदेशसभा बैठक पुनः स
वाग्मती । वाग्मती प्रदेश सरकारले आगामी २४ गते प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले असोज २४ गते आइतबार दिउँसो ३ बजेका लागि प्रदेशसभाको बैठक बोलाउने निर्णय गरेको प्रदेश सरकारका […]
काठमाण्डाै - प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो ।
बिहान बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । भोलिका लागि बैठक बोलाइएकै अवस्थामा सरकारले बैठक स्थगितको सिफारिस गर्ने निर्णय गरेको हो।
जेठ १५ गते बजेट ल्याउने र त्यसअघि नै सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो।
सरक...
काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । वर्षे अधिवेशन बोलाउने बेला भएकाले हिउँदे अधिवेशन अन्त्य गर्नुपरेको सरकारका एक मन्त्रीले जानकारी दिए ।सरकारको हिउँदे हिउँदे अधिवेशन फागुन २३ देखि सुरु भएको थियो । हिउँदे अधिवेशन चलेपनि संसद प्रभावकारी हुन नसकेको टिकाटिप्पणी हुँदै आएको थियो ।
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाको हिउँदे अधिवेशन आइतबारदेखि प्रारम्भ हुँदैछ । विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशन विघटन र सो प्रक्रिया बदरपछि केही ढिला सुरु हुन लागेको हो । यद्यपि राजनीतिक गतिरोधका कारण हिउँदे अधिवेशन विधेयकभन्दा बढी सरकार निर्माणका विषयमा केन्द्रित हुने देखिएको छ । कोरोना भाइरस कहरका कारण यसअघि बजेट अधिवेशन पनि छोटो...
The post प्रतिनिधि सभाः हिउँदे अधिवेशन भोलि सुरु हुँदै appeared first on Purbeli News.
काठमाडौं । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ । सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि आजैबाट अधिवेशन अन्त्यको घोषणा गरिएको हो ।
आइतबार बिहान आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजै मध्यरातिदेखि अन्त्य भएको अध्यक्ष गणेश तिमिल्सिनाले बताउनुभयो ।
प्रधामन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गरेपछि अधिवेशनको अन्त्य गरिएको हो । पुस १७ गते राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु गरिएको थियो ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभाको विघटन गरेपछि स्थायी संसदको रुपमा लिइने उपल्लो सदन राष्ट्रिय सभामा समसामयिक विषयमा बहस छलफल सुरु भएको थियो। राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमको पनि चर्को विरोध सुरु भएको थियो ।
संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्न अधिकार दिएको छः ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिएको दाबी गर्नुभएको छ । आइतबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन संविधान सम्मत भएको दावी गर्नुभयो ।
उहाँले आफू नेतृत्वको सरकार संविधानको धारा ७६ को १ अनुसार भनेको भन्दै अन्य विकल्प नरहेको बताउनुभयो । ‘संविधानको धारा ७६ को १ अनुसारको यो सरकार हो २, ३, ४, ५ विकल्पमा आएन, सिद्धियो’, ओलीले भन्नुभयो, ‘अब ७ ले सरकार रहने अवस्था नरहँदा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनका लागि मिति घोषणा गर्नेछ। त्यसअनुसार नै भएको छ, संविधानसम्मत कसरी भएन ?’
उहाँले अस्थिरतका लागि प्रतिनिधि सभा पुनःस्थापना नहुने बताए। ‘प्रतिनिधि सभा पुनःस्थापना कसरी हुन्छरु केका लागि हुन्छ। कुन विकल्पका लागि हुन्छरु के देशमा अस्थिरता ल्याउनका लागिरु ६र६ महिनामा सरकार परिवर्तन गर्नका लागि ?’, उहाँले भन्नुभयो ।
संसद पुनःस्थापना हुन्छ भन्ने कुरा हल्लामात्रै भएको भन्दै प्रधानमन्त्रीले केही व्यक्तिले संविधानमा प्रतिनिधि सभा विघटन हुन नसक्ने बताएको भन्दै संविधानको धारा ८५ अनुसार विघटन गर्न मिल्ने बताउनुभयो ।