पप्पु कन्स्ट्रक्सनले तिरेन कर, निलम्बित सांसद् रौनियारको नाममा कर कार्यालयको सूचना :: Pahilopost.com

काठमाडौँः मध्यम स्तरीय करदाता कार्यालय बबरमहलले समयमै कर नबुझाउने २६ कम्पनी तथा फर्ममाथि कारबाही अघि बढाएको छ। समयमै कर नतिरी बक्यौता राख्ने ती फर्ममाथि कारबाही प्रक्रिया अघि बढाउन लागिएको कार्यालय प्रमुख सहसचिव झक्कप्रसाद आचार्यले जानकारी दिए। ‘सात दिनको समय दिएका छौँ, यो समयावधि अटेर गरे बैंक खाता रोक्कादेखि सम्पत्ति रोक्कासम्मको

सम्बन्धित सामग्री

कर नतिरेपछि विराटनगर विमानस्थलको फोहोर उठाउन बन्द

विराटनगर । विराटनगर महा–नगरपालिकाले विराटनगर विमानस्थलको फोहोर उठाउन छाडेको छ । बारम्बार ताकेता गर्दा पनि विमानस्थलले तिर्नुपर्ने कर नबुझाएपछि बुधवारबाट विमानस्थलको फोहोर उठाउन छाडेको महानगरले जानकारी दिएको छ । विराटनगर महानगरपालिकाका अनुसार विमानस्थलले १ करोड रुपैयाँभन्दा बढी कर तिर्न बाँकी छ । सम्पत्तिकर र बहालकर नतिरेपछि विमानस्थलको फोहोर उठाउन बन्द गरेको महानगरको भनाइ छ । महानगरले सम्पत्तिकर र बहाल कर तिर्नुका साथै निर्माणाधीन टर्मिनल भवनको नक्सा पास गर्न आग्रह गरेको थियो ।  विराटनगर विमानस्थलले हालको टर्मिनलभित्र चमेना गृह, पार्किङ, एयरलाइन्सलाई काउन्टर भाडामा लगाउने गरेको छ । त्यसका अलावा विमानस्थलभित्रको चार बिगाहा जमीन पनि कृषि प्रयोजनका लागि भाडामा लगाइएको छ । विमानस्थलबाहिर ५० भन्दा बढी सटर भाडामा लगाइएको छ । त्यसबापत महानगरलाई तिर्नुपर्ने कर बुझाउन बाँकी छ ।  विराटनगर महानगरपालिकाका अनुसार विमानस्थलले विभिन्न शीर्षकको १ करोड रुपैयाँभन्दा बढी कर तिर्न बाँकी छ । विमानस्थल प्रशासनले कर नतिरेपछि फोहोर नउठाउने निर्णय गरेको महानगरका मेयर नागेश कोइरालाले बताए । ‘हामीले पटकपटक आग्रह गर्दा विमानस्थल प्रशासनले कर तिरेन, नतिरेपछि करको दायरामा ल्याउन असहयोग (फोहोर नउठाउने) गर्ने निर्णयमा पुग्यौं,’ उनले भने, ‘फोहोर व्यवस्थापन गर्नेलाई महानगरले शुल्क तिर्छ, कर नतिरेपछि फोहोर नउठाउने निर्णयमा पुग्यौं ।’ महानगरपालिकाले संकलन गर्ने करले कर्मचारीको तलब मात्र पुग्छ । महानगरवासीलाई दिइने सुविधा र विकासका लागि खर्च नपुगेपछि महानगरले कर संकलनमा कडाइ गर्दै आएको छ ।  महानगरलाई कर नतिरेको विषयमा विमानस्थल प्रमुख रिञ्जी शेर्पाले कुनै प्रतिक्रिया दिएनन् । उनी सकेसम्म सञ्चारकर्मीको फोन नै उठाउँदैनन्, उठाइहाले पनि करको विषयमा बोल्न चाहँदैनन् ।  विमानस्थललगायत धेरै संस्थानले एक पैसा कर नतिरेको महानगरको भनाइ छ । कर नतिर्ने संस्थालाई करको दायरामा ल्याउन विभिन्न प्रक्रिया अपनाएको महानगरको राजस्व महाशाखा प्रमुख सरोज गौतमले बताए । आफूहरूले आग्रह गर्दा विमानस्थल प्रशासनले नटेरेको र विमानस्थलको सम्पत्ति मूल्यांकन गरी कर निर्धारण गर्ने पनि गौतमले जानकारी दिए ।  विमानस्थलमा २ अर्ब ४२ करोड लागतमा १६ हजार २७७ वर्गमीटरको टर्मिनल भवन निर्माणाधीन छ । विराटनगर महानगरपालिकाले चालू आर्थिक वर्ष (आव) मा १ अर्ब ६४ लाख रुपैयाँ आन्तरिक आम्दानी हुने अनुमान गरेको थियो । जेठ मसान्तसम्ममा ५१ करोड ६५ लाख रुपैयाँ मात्रै आम्दानी भएको छ । गतवर्ष महानगरको आन्तरिक आम्दानी ४९ करोड ६४ लाख रुपैयाँ थियो । चालू आव कर संकलनका लागि महानगरले अभियान सञ्चालन गरेको थियो । कैयौं ठूला करदातालाई करको दायरामा ल्याएको थियो । कर नतिर्ने व्यक्ति तथा फर्मलाई करको दायरामा ल्याउन बजार क्षेत्रका १० ओटा वडामा २० जना स्वयंसेवक परिचालन गरेको थियो । अनलाइनबाट कर संकलनको थालनी पनि गरेको थियो । गौतमका अनुसार नेपाल टेलिकमको क्षेत्रीय कार्यालयले पनि कर बुझाएको छैन । जिल्लास्थित कार्यालयले भने नियमित राजस्व बुझाइरहेका छन् । नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्रले ३ करोड रुपैयाँभन्दा बढी कर बुझाउन बाँकी छ । खानेपानी संस्थानले १ करोड, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ६५ लाख, कृषि सामग्री कम्पनीले ६४ लाख, नेपाल व्यापार कम्पनीले करीब १ करोड राजस्व बुझाउन बाँकी रहेको महानगरले बताएको छ । यी संस्थानले स्थापनायता सम्पत्ति र बहालकर बुझाएका छैनन् ।

जग्गा अतिक्रमणका कारण आयस्ता नपाएपछि संस्कृत विश्वविद्यालयले तिरेन मालपोत कर

आफ्नो हजार बिघाभन्दा बढी जग्गा अतिक्रमणमा परेर आयस्ता नभएपछि नेपाल संस्कृत विश्वविद्यालयले मालपोत कर  बुझाएको छैन। दाङको बेलझुण्डीस्थित विश्वविद्यालयले २०७४ सालदेखि मालपोत कर बुझाउन नसकेको विश्वविद्यालय सामान्य प्रशासन तथा सम्पत्ति...

टोकला चिया कमानले तिरेन ४८ करोड कर

चिया विकास निगमको स्वामित्वमा रहेको टोकला चिया कमानले २१ वर्षदेखि व्यवसाय कर नबुझाएको मेचीनगर नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले आर्थिक वर्ष २०५७/०५८ देखि बगानले कर नबुझाएको बताएका छन् । बगानले सम्पति कर, व्यवसाय कर, बक्यौता घरजग्गा कर, अन्य सेवा शुल्क र जरिवना गरी ४८ करोड, ४ लाख, ३२ हजार रुपैयाँ […]

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको जनमैत्री अस्पतालले महानगरलाई कर तिरेन

लामो समयदेखि कर नवुझाएपछि शेरवहादुर देउवा सरकारका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पतालको सेवा वन्द गर्ने काठमाडौं महानगरपालिकाले चेतावनी दिएको छ । महानगरले प्रकाशित गरेको कर नतिर्ने ५२ जनाको सूचीमा ...

स्वास्थ्य राज्यमन्त्रीकै अस्पतालले तिरेन महानगरलाई कर

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको जनमैत्री अस्पतालले काठमाडौं महानगरलाई घरजग्गा सम्पत्ति कर नतिरेको पाएको छ। देउवा सरकारमा राज्यमन्त्री नियुक्त भएका श्रेष्ठले सञ्चालन गरेको जनमैत्री अस्पतालले कर नतिरेको हो। उक्त अस्पतालसहित ५२ कम्पनीको सूचि सार्वजनिक गर्दै महानगरले ३० दिनभित्र कर तिर्न चेतावनी दिएको छ। सँगै जयनेपाल हल, कान्तिपुर होटेल, नेपाल स्काउट लगायतले पनि कर नतिरेको महानगरले जानकारी दिएको छ।

कर तिर्न अटेरी गर्दै नेशनल मेडिकल कलेज, १० करोड घरजग्गा कर तिरेन

नेशनल मेडिकल कलेज वीरगन्जले अटेरी गरी वीरगन्ज महानगपालिकाको १० करोड रुपैयाँ कर तिरेको छैन । तत्कालीन उपमहानगपालिकाको कार्यालयले पटक/ पटक ताकेदा गरेपनि नेशनल मेडिकल कलेजका अध्यक्ष जैनुदिन अंसारीले नगरपालिकाको पटक/ पटक गरिएको ताकेताको अटेरी गरी भवन कर छली गर्न खाजेको एक कर्मचारीले बताए । एमालेबाट मेयर पदमा लड्न लागेका नेशनल मेडिकल कलेजका बसरुद्दीन अंसारीले नगरपालिकालाई…

ज्ञानेन्द्रको चिया बगानले ११ बर्षदेखि कर तिरेन

दमक, १० साउन - पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको भनिएको हिमालय महालक्ष्मी चिया बगानले ११ बर्षदेखि कर नबुझाएको दमक नगरपालिकाले जनाएको खबर

पूर्वराजा ज्ञानेन्द्रको चिया बगानले ११ बर्षदेखि कर तिरेन

दमक, साउन १० । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको भनिएको हिमालय महालक्ष्मी चिया बगानले ११ बर्षदेखि कर नबुझाएको दमक नगरपालिकाले जनाएको  छ ।