काठमाडौं । सरकारले दोलखाको भीमेश्वर नगरपालिका-८ स्थित लाकुरीडाँडामा प्रस्ताव गरेको अन्तर्राष्ट्रिय चलचित्र नगरीको निर्माण चाँडै सुरु गरिने भएको छ । उक्त ठाउँको अध्ययन अवलोकनका लागि शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सदस्य राज कटुवालसहितको टोली त्यहाँ पुगेको थियो । टोलीले निर्माण स्थलको अवलोकन र लागतबारे अध्ययन […]