बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही

दोव्वर मुल्यमा मास्क विक्री गर्ने काठमाडौंको त्रिपुरेश्वरस्थित अल फाईन सर्जिकल सप्लायर्स कम्पनीलाई बाणिज्य, आपुर्ती तथा उपभोक्ता संरक्षण विभागले दुई लाख रुपैयाँ जरिवाना सहित कारवाही गरेको छ । आइतबार बजार अनुगमनका क्रममा मास्कको मुल्य दोब्बर लिएको पाए पछि उक्त सप्लायर्स कारवाही गरेको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिनुभयो ।