नेपाली महिला भलिबल टोली फाइनलमा

काठमाडौं । साबिक विजेता नेपाली राष्ट्रिय महिला टोलीले उज्वेकिस्तानलाई सोझो सेटमा हराउँदै एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यम्पियनसिपको फाइनलमा पुगेको छ । बंगलादेशको ढाकामा जारी प्रतियोगितामा अपराजित दुई टोलीबीचको खेलमा नेपालले उज्वेकिस्तानलाई २५-२०, २५-२३ र २५-१४ को सेटमा हराएकाे हाे । साविक विजेता नेपाली टोलीले यसअघि श्रीलंकालाई ३-२, बंगलादेश र माल्दिभ्सलाई सोझो सेटमा […] The post नेपाली महिला भलिबल टोली फाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.