रेल उद्घाटनको सम्झनामा जनकपुरमा वृक्षारोपण

जनकपुर–जयनगर–कुर्था रेलको उद्घाटन हुनु अगावै शनिवार जनकपुर स्टेसन परिसरमा वृक्षारोपण गरिएको छ । रेल उद्घाटन भएको दिनको सम्झनामा स्टेसन परिसरमा आँप, पाकड, पिपल, नीम, भन्सारी, वरगज लगायत प्रजातिको बिरुवा रोपिएको हो ।नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले भन्सारी फुलको बिरुवा स्टेसन भित्रकै महावीर मन्दिर परिसरमा रोपेर वृक्षारोपणको उद्घाटन गरेका हुन् । जसरी रोपिएको बिरुवा हुर्कन्छ, त्यसरी नै नेपाल रेल्वे कम्पनीको वृद्धि विकास हुँदै जाने विश्वास लिइएको महाप्रबन्धक झाले ब