कोलम्बियन पप स्टार साकिरामाथि कर छलीको मामलामा स्पेनको एक अदालतले मुद्दा चलाउन अनुमति दिएको छ । स्पेनिस अभियोजकले सन् २०१८ मा गायिकामाथि सन् २०१२ र सन् २०१४ को बीच आर्जित आम्दानीबाट १४ दशमलब ५ मिलियन युरो कर भुक्तान नगरेको र कर विभागलाई धोका दिएको आरोप लगाएको छ ।अभियोजकले साकिरालाई दोषी ठहर्याउँदै आठ वर्षको जेल सजाय र अधिकतम् जरिवाना भराउन माग गरेको छ । साकिराले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै आफूले कुनै पनि गलत काम नगरेको दाबी गरेकी छिन् । उनले मुद्दाबाट बच्नका लागि एक अधिकारीसँग सम्झौता