सत्ता गठबन्धनको प्रादेशिक भेला सुरुः आज पोखरामा, भोली र पर्सी कहाँ-कहाँ ?

काठमाडौं, कात्तिक ४ । सत्तारुढ गठबन्धनमा आबद्ध तीन दलले चुनावी प्रशिक्षण तीव्र पारेका छन् । संयुक्त चुनावी अभियान अनर्तगत जारी प्रशिक्षण दिन नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेता आज पोखरा जाँदैछन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रशिक्षण दिदैछन् । […]