राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रमा जस्तै स्थानीय तहमा पनि भ्रष्टाचार बढिरहेको र राप्रपाले आसन्न स्थानीय निर्वाचनमा स्थानीय तहको भ्रष्टाचारलाई प्राथमिकताका साथ उठाउने बताएका छन् ।ललितपुरको चापागाउँमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भ्रष्टाचार देश विकासको मुख्य बाधकको रुपमा रहेको र यो महारोगको रुपमा देखिएको बताए । काँग्रेस, एमाले, माओवादी दलीय रुपमा मात्रै अलग रहेकाे र ठूला ठूला भ्रष्टाचारका काण्डमा तीन दलको मिलेमतोका साथै संरक्षण रहेको दावी गर्दै लिङ्देनले केन्