अमेरिकी सहयोग परियोजना (एमसीसी) यथास्थितिमा अगाडि बढाएमा विपक्षमा उभिने निर्णय माओवादीले गरेको छ ।
सिंहदरबारमा बुधवार बसेको माओवादी संसदीय दलको बैठकले राष्ट्रिय हितविपरीतका प्रवधान कायम राखेर एमसीसी पारित गर्न नसकिने निर्णय गरेको हो ।
'राष्ट्रिय हितविपरीतका प्रावधान संशोधन नगरी यथास्थितिमा पास गर्न सकिन्न, एमसीसीलाई जबरजस्ती अगाडि बढाए विपक्षमा मतदान गर्ने निर्णय भएको छ,' बैठकबाट बाहिरिने क्रममा माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले भने ।
सहमति र संशोधनविना एमसीसी अगाडि बढाए गठबन्धन समेत त...