वरिष्ठ कलाकार वसुन्धरा भुसालले सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी संस्था लि.बाट पीडित सबैलाई सरकारले न्याय दिनुपर्ने बताएकी छन् । सहकारी पीडितहरूको तर्फबाट न्यायका लागि बुधबार ललितपुरको पुल्चोकमा आयोजित कार्यक्रममा उनले सहकारीमार्फत पीडा दिने इच्छाराज तामाङको ब्यक्तिगत सम्पत्तिबाट असुलेर भएपनि पीडितलाई न्याय दिनुपर्ने उनको धारणा छ ।‘धेरैजसो ६० देखि ९० वर्षका सेवानिवृत्त कर्मचारी, महिला, सानातिना व्यापारी र मजदुरले भविष्यका लागि भनेर दुःख गरेर कमाएको रकम राखेका थिए । कतिपयले आफ्नो गरगहना र अ