प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई बधाई सन्देश पठाउने दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनलाई धन्यवाद दिएका छन् ।
शुक्रवार आधिकारिक ट्विटर अकाउन्टबाट उनले मूनलाई धन्यवाद दिएका हुन् ।
नेपाल र दक्षिण कोरियाबीचको मैत्री सम्बन्धलाई बलियो बनाउन मूनसँग मिलेर काम गर्ने प्रधानमन्त्री देउवाले लेखेका छन् ।
आजै दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकसँग भेटेर द्विपक्षीय सम्बन्धको प्रवर्धनका विषयमा छलफल गरेको पनि देउवाले ट्वीटमार्फत जानकारी दिएका छन् ।