टर्कीको इस्तानबुल शहरस्थित एक व्यस्त बजारमा विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। ८१ जना घाइते भएका छन्। अधिकारीहरूका अनुसार स्थानीय समयअनुसार दिउँसो व्यस्त समयमा टाक्सिम स्क्वायर क्षेत्रमा विस्फोट भएको हो। शहरका गभर्नर अलि एर्लिकायाले एक महिलाले विस्फोट गराएको र आक्रमणमा आतंककारी समूहको संलग्नता रहेको अनुमान गरे। सरकारले विस्फोट हुनुअघि झण्डै ४० मिनेटदेखि एक महिलाले शंकास्पद गतिविधि गरेको र विस्फोटपछि त्यस क्षेत्रमा नदेखिएकाले उनैले आक्रमण गरेको हुनसक्ने बताएको छ।विस्फोटको घटना