विपत् तथा आपतकालीन अवस्थाकाबेला लैङ्गिक हिंसा रोक्न विज्ञहरुको रायका आधारमा स्थानीय तहहरुले योजना बनाउनु पर्ने सरोकारवालाले बताउनुभएको छ । महिला मानव अधिकार रक्षक सञ्जालले धनगढीमा आयोजना गरेको कार्यक्रममा उहाँहरुले लैङ्गिक हिंसाविरुद्ध पूर्वतयारी र प्रतिकार्य योजना निर्माण गर्दा विज्ञको राय लिनु पर्ने औंल्याएका हुन् । यसैगरी, यस क्षेत्रमा काम गर्ने सहयोगी हातहरुसँग पनि समन्वय र सहकार्य गर्नुपर्ने सुझाव दिनुभयो ।