के.एल.दुगड ग्रुपका प्रबन्ध निर्देशक प्रबल जन सेवाश्रीबाट सम्मानित

के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक तथा समाजसेवी कुमुद कुमार दुगडज्यूलाई “प्रबल जनसेवाश्री” पदकबाट विभूषित हुने भएका छन् ।देशको सामाजिक, आर्थिक लगायत मुलुकको समग्र औद्योगिक, व्यवसायिक क्षेत्रको विकासमा उनले पुर्याएको योगदानको कदरस्वरुप संविधान दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई “प्रबल जनसेवाश्री” पदकबाट विभूषित गर्ने घोषणा भएको हो । दुगडले कृषिलाई व्यवसायीकरण र औद्योगिकिकरण गर्नेतर्फ विशिष्ट योगदान दिएका छन् ।

सम्बन्धित सामग्री

आउटरिचका प्रबन्ध निर्देशक शाक्य चीनमा सम्मानित

आउटरिच नेपाल प्रालिका प्रबन्ध निर्देशक तथा रणनीतिक योजना प्रमुख उजय शाक्य चीनमा इसिआई इनोभेटिभ मार्केटर अफ दी इयर २०२३ बाट सम्मानित भएका छन् । इसिआई फेस्टिभलले आयोजना गरेको गाला इभेन्टमा शाक्यलाई...

टेलिकमका पूर्व प्रबन्ध निर्देशक आचार्यलाई ‘टेलिकम एक्स्पर्ट’ अवार्ड

नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्य ‘बेस्ट टेलिकम एक्स्पर्ट इन नेपाल’ बाट सम्मानित हुनुभएको छ ।

एडी रिलिजका प्रबन्ध निर्देशक सुवेदी सम्मानित

काठमाडौं । नेपाल टेलिभिजनको ३८औं वार्षिकोत्सवको अवसरमा एडी रिलिजका प्रबन्ध निर्देशक हरिशरण सुवेदीलाई सम्मान गरिएको छ । आर्थिक वर्ष २०७८/७९ मा नेपाल टेलिभिजनसँग उत्कृष्ट व्यापारिक कारोबार गरेबापत उनलाई मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । समारोहमा प्रबन्ध निर्देशक सुवेदीलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उत्कृष्ट विज्ञापन एन्जेन्सीको अवार्डबाट सम्मान गरिन् ।

डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक आचार्य सम्मानित

काठमाडाैं । डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य सीईओ इनसाइट्स एसियाद्वारा दक्षिण एसियाकै उत्कृष्ट दश मध्येका बिजनेस लिडरका रुपमा सम्मानित हुनुभएको छ । सीईओ इनसाइट्सले देशको कर्पोरेट क्षेत्रलाई भविष्यको नयाँ आयामहरुमा लैजान सक्ने, दक्षिण एसियाका उच्चस्तरका प्रोफेसनल र विचारशील नेतृत्वलाई यो सम्मान प्रदान गर्दै आएको छ । नेपालको एकमात्र डीटीएच सेवा प्रदायक डिशहोमले आचार्यको […]

डिस होमका आचार्य दक्षिण एसियाको १० उत्कृष्ट बिजनेस लिडर

काठमाडौँ – डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य दक्षिण एसियाको १० उत्कृष्ट मध्येका बिजनेस लिडरका रुपमा सम्मानित भएका छन्। सीईओ इनसाइट्स एसियाले उत्कृष्ट व्यवसायीलाई सम्मानित गरेको हो। डिस होम डीटीएचले आचार्यको नेतृत्वमा १० लाखभन्दा भन्दा बढी ग्राहक सेवा दिइरहेको छ। उनी कामना सेवा विकास बैंकका समेत लगानी कर्ता हुन्।

मंगलम ग्रुपका निर्देशक चुरिवाल सम्मानित

मंगलम ग्रुपका प्रबन्ध निर्देशक अभिनव चुरिवाल कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्डबाट सम्मानित भएका छन् ।कर्पोरेट म्यागजिनद्वारा आयोजित कर्पोरेट बिजनेस अवार्ड समारोहमा चुरिवाललाई सो सम्मान प्रदान गरिएको हो । आफ्नो व्यवसायमा उत्कृष्ट योगदान पुर्‍याउने व्यवसायीलाई सम्मान गर्दै दिइने यो अवार्ड कर्पोरेट म्यागेजिनले हरेक वर्ष एक समारोह आयोजना गरि प्रदान गर्ने गर्दछ ।कार्यक्रममा चुरिवालका साथै ईश्वरलाल प्रतिष्ठानका अध्यक्ष […]

मंगलम ग्रुपका निर्देशक चुरिवाललाई ‘कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्ड’

मंगलम ग्रुपका प्रबन्ध निर्देशक अभिनव चुरिवाल कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्डबाट सम्मानित भएका छन्  ।कर्पोरेट म्यागजिनद्वारा मंगलबार होटल र्‍याडिसनमा आयोजित कर्पोरेट बिजनेस अवार्ड समारोहमा उपराष्ट्रपति नन्द बहादुर पुनले उक्त सम्मान प्रदान गरेका हुन् ।आफ्नो व्यवसायमा उत्कृष्ट योगदान पुर्‍याउने व्यवसायीलाई सम्मान गर्दै दिइने यो अवार्ड कर्पोरेट म्यागेजिनले हरेक वर्ष प्रदान गर्ने गर्दछ ।

युवा उद्योगी विकास दुगड ‘प्रबल जनसेवाश्री’ बाट सम्मानित

काठमाडौं । के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगडलाई राष्ट्रपती विद्या देवी भण्डारीबाट ‘प्रबल जनसेवाश्रीबाट विभूषित गरिएको छ । मुलुकको समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप युवा उद्यमी तथा समाजसेवी दुगडलाई सो मानपदवी प्रदान गरिएको हो ।

युगदर्शनकर्मी भुसाल सम्मानित

अर्घाखाँची। युगदर्शन अनलाइनका बुटवल सम्वाददाता तथा पत्रकार टेकराज भुसाल उत्कृष्ट पत्रकार पुरस्कार नगद सहित सम्मानित हुनुभएको छ । पिपलनेटा बजार व्यवस्थापन समितिले आयोजना गरेको प्रथम खुल्ला भलिबल प्रतियोगिताको समापन समारोहमा खेल अवधि भर पत्रकारीता मार्फत उत्कृष्ट कार्य गरेको भन्दै पत्रकार भुसाललाई सम्मानित गरिएको हो। भुसाल सुपादेउराली अनलाइनका प्रबन्ध निर्देशक हुन भने युगदर्शन अनलाइन, अर्घाखाँची बुलेटिन लगायतका मिडियामा आवद्ध हुनुहुन्छ ।