काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट आज विश्वासको मत लिने भएका छन्। आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन्। सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्यूँतिएर माओवादी केन्द्रले औपचारिक रुपमा समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा छ। प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेपछि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो। प्रधानमन्त्रीले आफूमाथि संसदको विश्वास छ वा छैन भन्ने यकिन गर्न जुनसुकै बेला विश्वासको मत लि